Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

मोडल युवराज अभिनित ‘लै बरी लै’ वीरगंजमा रिलिज

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२७ माघ । प्रणय दिवसलाई मध्यनजर गर्दै प्रेमिल गीत ‘लै बरी लै लै’ रिलिज गरिएको छ ।  वीरगन्जको ग्लोबल बिजनेस कलेजमा बिहिवार एक कार्यक्रम आयोजना गरि उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।

सयौँ गीतमा शब्द तथा संगीत भरीसकेका गीतकार तथा संगीतकार विकास पाण्डेको शब्द एवम् संगीत र गायक कमल के क्षेत्रीको सुमधुर आवाजमा सजिएको गीत गायक क्षेत्रीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरीसकेका मोडल युवराज केशरी र सबिना राउतको प्रेमलाई भिडियोमा देखाइएको छ । युवराज सडक तथा विभिन्न टोलहरुमा गीत गाउँदै पाएको पैँसाले जीवनयापन गर्ने पात्रको रुपमा देखिएका छन् भने सम्पन्न परिवारकी छोरीको भूमिकामा देखिएकी सबिनासँगको प्रेम सम्बन्ध परिवारले थाहा पाएपछि छुटाउन खोजिएको स्पष्ट हुन्छ । युवराज र सबिनाको प्रेम सम्बन्धको अन्त्य कसरी हुन्छ भन्ने कौतुहलता अन्तिममा देखिएको हुँदा यसकै भाग २ पनि ल्याउने निर्माता प्रदीप गौतमले बताए ।

सञ्चारकर्मी प्रदीप गौतमले निर्माण गरेको भिडियोको निर्देशन सावन शर्माले गरेका हुन् । उनले नेपाली तथा भोजपुरी गरी सयौँ चर्चित चलचित्रहरुमा सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् ।सयौँ भिडियोको छायांकन गरीसकेका छायांकर विकास गुरुङ्ले भिडियोको छायांकन गरेका हुन् । मोफसलमा जति नै राम्रो काम गरेपनि ओझलमा पर्ने गरेको गीतकार तथा संगीतकार विकास पाण्डेले दुखेसो पोखे । आफुसँगै काठमाण्डौमा काम गर्नेहरुको जीवनस्तर फेरिएपनि आफुले बारामै बसेर सयौँ काम गरेपनि मूल्यांकन नभएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

त्यस्तै चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले ५ मिनेटको म्युजिक भिडियो हेर्दा पनि पूरै फिल्म हेरेको आभाष भएको प्रतिक्रिया दिइन् । बाराको अमलेखगञ्जस्थित चकरा क्षेत्रमा छायांकन गरिएको हुँदा यसले स्थानलाई पनि प्रबद्र्धन गरेर पर्यटनलाई बढावा पुग्ने विश्वास अध्यक्ष पौडेलको छ । गीतसँगै भिडियोमार्फत समाजको यथार्थलाई चित्रण गरिएको बताउँदै उनले कलाकार र चलचित्र पत्रकार संघबिच आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा भोजपुरी समाज नेपालका अध्यक्ष ध्रुबसिंह ठकुरी, महिला उद्यमी एवम् जीवनज्योती माविकी सञ्चालिका मिनाक्षी गुप्ता, ग्लोबल बिजनेस कलेजकी अध्यक्ष निभा दास, आशाराम अस्पतालका प्रबन्ध निर्देशक डा. अशोक दास, भोजपुरी गायक सुनिल पण्डित लगायतले गीत र म्युजिक भिडियोको बारेमा आआफ्नो प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ पर्साका सचिव सूर्य वि.क.ले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद