Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

पर्सामा नेपाली चलचित्रलाई चलायमान बनाउने बारे बैठकमा समपन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १०,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र पत्रकार संघ पर्साको बैठक समपन्न भएको छ । पर्सा जिल्लामा हिन्दी र भोजपुरी फिल्मको बर्चस्व रहेको कारण नेपाली चलचित्रलाई चलायमान बनाउने बारे बैठकमा छलफल भएको छ । चलचित्र पत्रकार संघ पर्साद्वारा आयोजित कार्यक्रममा पर्सामा चलचित्रका गतिविधिलाई बैठकमा गति दिने विषयमा छलफल भएको हो ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष जीवन पराजुलीले पर्सामा चलचित्रप्रतिको रुची र कलाकारप्रतिको आकर्षण बढाउन चलचित्र पत्रकार संघ पर्सा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र पत्रकार संघ पर्सा शाखा गठन भएरै एउटा ईट्टा थपिएको बताउँदै उपाध्यक्ष पराजुलीले चलचित्र पत्रकार संघको स्थापना, यसका उद्देश्य लगायतका बारेमा जानकारी गराएका थिए । मोफसलमा बिट पत्रकारिता गर्नु चुनौती भएपनि अन्य विधासँगै चलचित्र र कला सम्बन्धी समाचारलाई पनि प्राथमिकता दिन उनले आग्रह गरेका छन् ।
चलचित्रको इतिहासदेखि बर्तमानको बारेमा जानकारी पाउन पराजुलीद्वारा लिखित क्लोज अप पुस्तकको बारेमा पनि कार्यक्रममा चर्चा चलेको थियो । चलचित्रकर्मी एवम् चलचित्र पत्रकारहरुको संघर्ष र नेपालमा चलचित्रको अवस्थाका बारेमा पनि क्लोज अप पुस्तकमा समेटिएको पराजुलीले बताए ।
चलचित्र पत्रकार संघका संस्थापक एवम् चलचित्र निर्देशक डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको इतिहासदेखि वर्तमान परिवेशको बारेमा वर्णन गरेका थिए । वीरगन्जमा नेपाली चलचित्रलाई चलाउनका निम्ती कलाकार र यहाँका दर्शकबिचको दुरीलाई नजिक बनाउन पर्सा शाखालाई आग्रह गर्दै गीतकारसमेत रहेका क्षेत्रीले विगतको तुलनामा केही सुधार भएको हुँदा अब पनि बिस्तारै नेपाली चलचित्रप्रतिको आकर्षण बढ्ने विश्वास रहेका छन् ।
चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले निर्माता एवम् निर्देशकसँगै कलाकारको नजरमा वीरगन्ज नपरेको बताउँदै अब वीरगन्जमा पनि प्रमोशन गर्नुपर्नेमा जोड दिइन् । केन्द्रिय समितिले कलाकार एवम् निर्देशक तथा निर्माताहरुसँग समन्वय गरेर वीरगञ्ज पठाउनुपर्ने माग गर्दै अध्यक्ष पौडेलले चलचित्र सम्बन्धी गतिविधिलाई पनि तिव्रता दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, गायिका एवम् सञ्चारकर्मी सरिता भारती, चलचित्र पत्रकार संघ पर्साका उपाध्यक्ष विवेक कर्ण, सहसचिव प्रणय कुमार साह, सदस्यहरु जय यादव, रञ्जित यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ असार १०,शुक्रबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ असार १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद