Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

वीरगञ्जमा पहिलो पटक भोजपुरी सिने अवार्ड हुँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ११,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  पहिलो पटक वीरगञ्जमा भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना हुने भएको छ । वीरगञ्जको नगर सभा गृहमा यहि पुष १३ गते भोजपुरी सिने अवार्ड वितरण समारोह आयाेजना गर्न लागिएको हाे ।

लायन्स क्लब वीरगञ्जले बुधबार पत्रकार सम्मेलनमा आयाेजना गरि भाेजपुरी सिने अवार्ड वितरण समाराेह बारे जानकारी गराएकाे छ ।

लायन्स क्लब वीरगञ्जको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना गर्न लागिएको लायन्स क्लब अफ वीरगंज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले वताए ।

सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगंजले नेपालकाे चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भाेजपुरी सिने अवार्ड वितरण समाराेहको आयोजना गर्न लागेकाे संयोजक वैद्यले बताए ।

नेपाल चलचित्र बाेर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी अवार्ड प्रदान गरिने नमस्ते नेपाल इन्टरटेन्मेणन्टका प्रमुख एंव भोजपुरी चलचित्रका नायक प्रदेशी साहले बताए । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगंजमा भाेजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुकाे पहिचानको लागिपनि सिने अवार्डको आयोजना गर्न लागिएको उनले बताए ।

उक्त समाराेहमा चलचित्र विकास बाेर्डका अध्यक्ष तथा नायक भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह लगायतका कलिउडका कलाकारहरुको सहभागीता रहने साहले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपालमा रहेका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगंजकाे पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक साहले बताए ।

वीरगञ्ज मै धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरिएपछि लायन्स क्लब अफ वीरगंजकाे पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताए ।

उक्त कार्यक्रममा करिब २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको लायन्स क्लब अफ वीरगंजका सचिव दिपेन्द्र यादवले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न
मनोरन्जन

‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न

प्रकाशित : २०८० पुष ११,बुधबार
इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड
अन्तराष्ट्रिय

इरानमा सामूहिक मृत्युदण्ड अभियानको संख्यामा वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

प्रकाशित : २०८० पुष ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद