Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

पटक–पटक विश्वास र पटक–पटक धोकाको कथा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कृष–बाबूले बुझेको कुरो त के हो भने राजनीति लोककल्याणका लागि गरिनुपर्छ । जनहित र राष्ट्रहित राजनीतिको मूल ध्येय हुनुपर्छ । तर कृष–बाबू सबैलाई सोध्न चाहन्छन्– के नेपालको राजनीति यस उद्देश्यपूर्तिको दिशामा अगाडि बढेको छ ? उत्तर सहज छ– शतप्रतिशत छैन ।

अरे यार, आदर्श राजनीतिको कुरा गर्ने हो भने राजनीतिकर्मीमा इमान, सत्य, निष्ठा, समर्पण, विश्वास आदिको निकै महत्त्व हुन्छ । तर कृष–बाबू क्षुब्ध छन्, नेपालका राजनीति र राजनीतिकर्मीमा अरू सबैथोक पाइएला, विधि, नैतिकता र आन्तरिक लोकतन्त्रसँग जोडिएका कुरा पाउन भने दुर्लभ छ ।

कृष–बाबूका अनुसार नेपालमा आजको दिनमा झुठ, फरेब, बेइमानी, फट्याइँ, धुत्र्याइँ, ठगी आदि सत्ता राजनीतिको पर्याय बनेको छ । यस्तो अपेक्षाविपरीतको अवस्था देख्दा कृष–बाबूलाई बहुत दुःख लाग्छ । तर राजनीतिकर्मीको चाला भने सधैँ उही ‘हम नही सुधरेंगे’ पाराको भएपछि कृष–बाबूलाई दुःख लागेर के गर्नु ?

कहाँसम्म भने राजनीतिमा बाबुले छोरालाई र छोराले बाबुलाई समेत सही कुरा भन्दैन । यस्तो बेलामा कृष–बाबू प्रायः एउटा कथा सम्झिन्छन् । याद रहोस्, कथा भनेको कथै हो । कथामा पात्रले गरेअनुसार प्रयोग नगर्नुहोला । चुपेचाप कुरा बुझे पुग्छ ।

कथाको पात्र बाबुले छोरालाई भनेछ– तँ घरको छतबाट हामफाल्, म तँलाई समाउँछु । छोराले बाबुको कुरा पत्याएछ । बाबुको आड–भरोसा पाएर छोरो सरासर छतमा गएछ । र भनेछ– ल अब म हामफाल्दै छु, तपाई समाउनु है ।

बाबुले पनि ‘हुन्छ ठिकै छ’ भन्दै छोरो समाउन हात ठिक्क पारेछ । त्यो देखेर छोरो आँखा चिम्लेर हाम्फालेछ । तर बाबुले समातेनछ । बाबुले नसमातेपछि छोरो भुइँमा डङ्ग्रङ्ङ बजारिएछ र खुट्टामा चोट लागेछ ।

अनि चोट लागेको खुट्टा सुम्सुम्याउँदै, बाबुसँग हल्का रिसाउँदै छोराले भनेछ– सुरुमा तपाईले समाउँछु किन भन्नुभयो र किन समाउनु भएन ? बाबु–छोरामा पनि यस्तो धोका दिन मिल्छ ?

रिसाएको छोरालाई सम्झाउँदै बाबुले भनेछ– तँ नरिसा छोरा । मैले तँलाई राजनीतिको व्यावहारिक ज्ञान दिएको । राजनीतिको पहिलो शिक्षा यही हो कि बाबुको कुरामा पनि आँखा चिम्लेर विश्वास नगर्नू ।

बाबुको कुरा सुनेर छोरो ट्वाँ परेछ । छोरो ट्वाँ परेको देखेर बाबु मुसुक्क हाँसेछ । कथा सक्कियो । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला ।

कस्तो लाग्यो तपाईलाई यो कथा ? अलिअलि हँस्यौली तर निकै मात्रामा सत्यता भएको यो कथा तपाईलाई पक्कै पनि मन पर्‍यो र भन्न खोजेको कुरा बुझ्नुभयो होला भन्ने कृष–बाबूको विश्वास छ ।

कृष–बाबू चश्माको डाँडीमा बेरिएको डोरी मिलाउँदै सन्दर्भको बिट मार्छन्– नेपालको वर्तमान राजनीतिक अवस्था यही बाबुछोराको कथाको सेरोफेरोमा घुमिरहेको छ । मानौँ बाबु नेता र छोरो जनताको भूमिकामा छन् । तर नेताले पटक–पटक बाबुको अभिनय गरेर धोका दिइरहने र छोरोको भूमिकामा रहेका जनताले धोकेबाज नेताको विश्वास गरिहने हो भने देश कसरी उँभो लाग्छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद