Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ क्रिकेट प्रतियोगिताको आयोजना गरिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्लामा रहेका पुरुष क्रिकेट खेलाडीहरुको कौशल, शक्ति र क्षमता पत्ता लगाउन ‘वीरगञ्ज सुपर लिग’ क्रिकेट प्रतियोगिताको आयोजना गरिँदै छ ।

वीरगञ्ज यूथ्स स्पोर्ट्स एकेडमीको आयोजनामा आगामी जेठ ९ गतेदेखि सुरु हुनलागेको सुपर लिगमा ६ वटा टिम विच भिडन्त हुन्छ । पर्सा जिल्लाका विभिन्न स्थानीय तहबाट खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिएका ७८ जनालाई लिएर निर्माण गरिएको ६ वटा टिम बीच भिडन्त हुने आयोजक संस्थाका कोषाध्यक्ष हासिम अन्सारीले जानकारी दिए ।

पारदर्शिताका लागि गोला प्रथा मार्फत टिममा खेलाडी बाँडिएको अन्सारीले सुनाए । ‘खुल्ला प्रतिष्पर्धा मार्फत खेलाडी छनौट गर्न हामीले एउटा फारम आह्वान गरेका थियौँ,’ उनले भने, ‘त्यहाँ आवेदन दिएकाहरुलाई लिएर हामीले टिम तयार गरेका छौँ । ६ वटै टिमका लागि पहिला कप्तान छानेर गोला प्रथा मार्फत खेलाडी बाड्ने काम गर्‍यौं । पारदर्शी हिसाबले सबै प्रक्रियालाई अगाडि बढाएका छौँ ।’

प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई जिल्ला क्रिकेट टिमका लागि हुने छनौट प्रक्रियामा सहभागी गराइने अन्सारीले बताए । ‘खेलाडीहरुले क्षमता, कौशल र उनीहरुमा अन्य खेलाडी भन्दा रहेको भिन्नता र गुण पत्ता लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै छौँ,’ अन्सारीले भने, ‘हाम्रो उद्देश्य जिल्लाका उत्कृष्ट खेलाडीलाई छनौट गरि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको लागि तयार पार्नु हो ।’ उत्कृष्ट खेलाडीहरु जिल्ला टिम हुँदै प्रदेश र राष्ट्रिय टिमको सदस्यसमेत बन्न सक्ने अन्सारीले दावी गरे ।

वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा जेठ ९ गतेदेखि सुरु हुने खेल १५ गतेसम्म चल्छ । जहाँ पर्सा यूनाइटेड, पर्सा स्टार्स, पर्सा वारियर्स, पर्सा स्ट्राइकर्स, पर्सा पेट्रीयट्स र पर्सा राइर्ड्स गरेर ६ वटै टिमले एक अर्कासँग भीडन मौका पाउँछन् । विजेता टिमका लागि कुनै नगद पुरस्कार नराखीपनि ट्रोफी र प्रमाणपत्रको व्यवस्था गरिएको अन्सारीले जानकारी दिए ।

त्यस्तै प्लेयर अफ द् टुर्नामेन्टलाई ८ हजार रुपैयाँ, बेस्ट ब्याटरलाई ५ हजार र बलरलाई ५ हजार रुपैयाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताए । उत्कृष्ट प्रदर्शनी गर्नलाई छुट्टै ट्रोफी र प्रमाण पत्रको पनि प्रदान गरिन्छ । त्यसैगरी दुईजना इमार्जिंङ पेल्यर र भ्यालूएबल पेल्यरलाई ट्रफी र गिफ्ट प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको संयोजक सतिश सिंह राजपुतले गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद