Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

चेन्नईमाथि राजस्थानको जित, आज पञ्जाब र लखनउबीच भिडन्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति जयपुरको मैदानमा भएको खेलमा राजस्थानले चेन्नई सुुपर किंग्सलाई पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा २०२ रन बनायो । ओपनर यशस्भी जैसवालले ४३ बलमा ७७ रन बनाए भने ध्रुब जुरेलले १५ बलमा ३४ रन बनाए । त्यस्तै देवदत्त पडिक्कलले १३ बलमा २७ रन बनाए ।

जवाफमा चेन्नईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । शिवम दुबेले३३ बलमा ५२ तथा ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए ।

एडम जम्पाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।

अंक तालिका 

राजस्थान रोयल्स ८ खेलबाट १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । ७ खेलबाट १० अंककै गुजरात टाइटान्स दोस्रो स्थानमा छ । ८ खेलबाट १० अंकको चेन्नई सुपर किंग्स तेस्रो स्थानमा झरेको छ ।

लखनउ सुपर जाइन्टस ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ ।

रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ८ खेलबाट ६ अंकसहित सातौं तथा मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित आठौैं स्थानमा रहेको छ ।

७ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।

आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे पंजाब किंग्स र लखनउ सुपर जाइन्टस भिड्दै छन् ।खेल मोहालीमा हुँदैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नारायणी रंगशालादेखि पोलिटेक्निकल कलेजसम्म: चौरसियाका विकास योजना
आर्थिक

नारायणी रंगशालादेखि पोलिटेक्निकल कलेजसम्म: चौरसियाका विकास योजना

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक
खेलकुद

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद