Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,१३चैत – वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा बारा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सप्तरीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै बाराले अन्तिम चारको यात्रा तय गरेको हो ।

बाराका लागि खेलको १९ औं मिनेटमा अमर डंगोल, ३४ औं मिनेटमा नीरज थापा मगर , ३९ औं मिननेटमा कृपा चौधरी, ६२ औं मिनेटमा अभिषेक चौधरी र ७४ औं मिनेटमा चतुर्धन चौधरीले गोल गरि टिमलाई ५(० को फराकिलो जित दिलाएका हुन् ।

फनइनल प्रवेशका लागि बाराले अब यसअघि महोतरीलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको सिरहासंग चैत १५ गते प्रतिस्पर्धा गर्ने आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए ।

प्रतियोगितामा मंगलबारको खेल रौतहट र धनसषा बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

मंगलबारको विजेता टिमले फाइनल प्रवेशका लागि पर्सासंग चैत १६ गते प्रतिस्पर्धा गर्नेछ ।

चैत १८ गते सम्म चल्ने प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष गुप्ताले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद