वीरगन्ज ,१३चैत – वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा बारा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सप्तरीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै बाराले अन्तिम चारको यात्रा तय गरेको हो ।
बाराका लागि खेलको १९ औं मिनेटमा अमर डंगोल, ३४ औं मिनेटमा नीरज थापा मगर , ३९ औं मिननेटमा कृपा चौधरी, ६२ औं मिनेटमा अभिषेक चौधरी र ७४ औं मिनेटमा चतुर्धन चौधरीले गोल गरि टिमलाई ५(० को फराकिलो जित दिलाएका हुन् ।
फनइनल प्रवेशका लागि बाराले अब यसअघि महोतरीलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको सिरहासंग चैत १५ गते प्रतिस्पर्धा गर्ने आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए ।
प्रतियोगितामा मंगलबारको खेल रौतहट र धनसषा बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।
मंगलबारको विजेता टिमले फाइनल प्रवेशका लागि पर्सासंग चैत १६ गते प्रतिस्पर्धा गर्नेछ ।
चैत १८ गते सम्म चल्ने प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष गुप्ताले जानकारी गराए ।