Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा वीरगंजमा दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ११ चैत । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा वीरगंजमा दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सुरु भएको छ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगंजमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन शनिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाले गरेका थिए ।

फाउण्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, फाउण्डेसनका बोर्ड सदस्य डाक्टरस शोभाकर पराजुली, काँग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी, अशोक कुमार गुप्ता, काँग्रेसका वीरगंज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, जनमत पार्टीका नेता मुकेश द्धिवेदी , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।

आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहा विजयी भएको हो । सिराहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ ।

खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको दुइ मिनेट नबित्दै महोतरीका दिपेश राइले गोल फर्काएर खेल १–१ को बराबरीमा पुर्याएका थिए ।

खेलको २३ औं मिनेटमा महोतरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोतरीका खेलाडीले लडाएरफल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो । त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफनो टिमका लागि थप एक गोल गरेपछि पहिलो हाफमा सिरहाले ३–१ को अग्रता बनाएको थियो ।

खेलको दोश्रो हाफमा महोतरीले आफनो खेलमा केहि सुधारको प्रयास गरेपनि ६९ औं मिनेटमा सिरहाका आलेमगरले डिबक्स अगाडि पाएको बललाई महोतरीको गोलपोष्ट भित्र छिराउन सफल भएपछि सिरहाले खेल ४–१ को फराकिलो अन्तरले जित्न सफल भयो ।

शनिबार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच सिरहाका सुजन पुलामी घोषित भए । प्रतियोगितामा आइतबारको खेल पर्सा र सर्लाही बिच हुनेछ ।

प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद