सिमरा ःबाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवाक्लब सर्लाही विच खेल हुने छ ।
आयोजक नव जनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरु हुनेछ । फ्लड लाईटमा आयोजनाहुने खेलकालागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजनाहुने गरेको क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।
यसअघि विहिबार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविएग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
जगदम्बा स्टिलको मूख्यप्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँप्राप्त गर्नेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस