Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबार सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,३०फागुन । पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले जितेको छ । त्यसपछि दोस्रो स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर सिरा, तेस्रो स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी र चौथो स्थान श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय सोहपुर सोहरीले हासिल गरेको गाउँपालिकाले जनाएको छ ।

प्रथम भएका नेरा मावि मसिहानीले १६ स्वर्ण पदक, ५ रजत पदक र ३ कांस्य पदक जितेको छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेका नेरा मावि जगरनाथपुर सिराले ३ स्वर्ण पदक, १३ रजत पदक र १० कांस्य पदक जितेका हुन् ।

त्यसैगरी तृतिय स्थान हासिल गरेको नेरा मावि सन्ठीले २ स्वर्ण पदक, ७ रजत पदक र १२ कांस्य पदक जितेका हुन् । गाउँपालिका अन्तर्गतका २२ वटा प्राथमिक, आधारभुत र माध्यमिक विद्यालय सहभागि रहेको प्रतियोगितामा लामो र छोटो दुरीको दौड, कबडी, हाइ जम्प, लंग जम्प, जैभलिङ थ्रो, स्वर्टपुट खेल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । प्रतियोगिताको विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मेडल वितरण गर्नुको साथै पुरस्कृत समेत गरेका थिए ।

शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन्न समारोहमा वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, बलिष्टर अहमद लगायतकाको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद