Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ गते सञ्चालन हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० फागुन । दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।

शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको खेल मैदानमा फागुन २७ गते शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमा सुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।

फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए ।

दोस्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै वीरगञ्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।

एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिम सहभागी हुनेछन् ।

प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छ ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर र कोचलाई जनहि ५÷५ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट (म्यान अफ द सिरिज) हुने खेलाडीले १० हजार पाउने छन् ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, उपाध्यक्ष रवि राम, महासचिव दिपक यादव, सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव, सदस्यहरु सफिक आलम, रेहान आलम(काले), सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न
मुख्य समाचार

वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद