Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्सालाई आर्थिकसँगै खेलकुदको जिल्ला पनि बनाउनु पर्छ – पूर्वमन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ९ फागुन । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा खेलकुदको विकासका लागि आफू गम्भीर रहेको बताएका छन् ।
पर्सालाई आर्थिक जिल्लासँगसँगै खेलकुदको केन्द्रका रुपमा विकसित गर्नुपर्ने बताउँदै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० समेत रहेका यादवले यसका लागि आफूले सदन मार्फत आवाज उठाउने बताएका हुन् ।

मंगलबार वीरगञ्जमा पर्सा क्रिकेट संघले आयोजना गरेको पर्सा क्रिकेट लिग २०७९ को फाइनल खेलको समापन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै यादवले स्थानीय खेलाडीका प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिता आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले जिल्लामा खेलकुदको विकासका लागि थप पूर्वाधार निर्माण र खेलाडीहरुमा लगानी बढाउनुका निमित्त संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताए । उनले वीरगञ्ज महानगरपालिकाका मेयरले यसको अभिभावकत्व लिएर प्रदेश र संघ सरकारसँग समन्वय गर्नुपर्ने बताए ।
‘पर्सा जिल्लामा खेलकुदको गतिविधि बढाएर यसलाई खेलकुदको हब बनाउनु पर्छ । यो सम्भव पनि छ । तिनै तहको सरकारले मिलेर काम गर्नुपर्छ । मैले सदन मार्फत पनि यसको लागि आवाज उठाउँदै आएको छु र अगाडि पनि उठाउने नै छु,’ उनले भने ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई यादवले ट्रफी र मेडल प्रदान गरेका थिए । नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगञ्जलाई ३ विकेटले हराउदै नेशनल इन्फोटेकले उपाधि जितेको छ ।

टस जितेर पहिले व्याटिंग गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । १ सय ४७ रनको लक्ष्य नेशनल इन्फोटेकले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेको हो ।
वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गतेदेखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद