Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातौं प्याब्सन टी–२० किक्रेटमा पहिलो आदर्श ,दोस्रो साउथ जोन र गौतम विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ९ माघ । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा पहिलो आदर्श मावि, दोस्रो साउथ जोन मावि र गौतम मावि विजयी भएका छन् । सोमबार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले पराजित गर्दै आदर्श मावि क्वार्टर फाईनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको न्यू वेभले पुरै १४।५ ओभर खेलेर १० विकेटको क्षतिमा मा ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको आदर्शले मात्र २ विकेटको क्षतिमा ६।५ ओभर खेलेर लक्ष्य पार गरेपछि विजयी भएको हो । खेलमा ३ विकेट लिन सफल न्यू वेभका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै, दोस्रो प्रि क्वाटर फाईनल चरणको खेलमा साउथ जोन माविले मस्कोट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको मस्कोटले पुरै १५ ओभरमा ४ विकेटको नोक्सानीमा मात्र ६५ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको साउन जोनले ८।२ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो ।

खेलमा ३५ रनको योगदान दिएका साउथ जोनका अमित कुशवाहा म्यान अफ द म्याच घोषित भए । तेश्रो प्रि क्वाटर फाईनल खेलमा विकन माविलाई १ विकेटले पराजित गर्दै गौतम मावि विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बिकनले पुरै १४।२ ओभरमा पुरै विकेट खर्चेर ७९ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको गौतमले १२।१ ओभर खेल्दै मात्र ९ विकेटको नोक्सानीमा निर्धारित पार गर्दै ८३ बनाएपछि विजयी भएको हो ।

खेलमा ३ ओभरमा ३ विकेट लिएर योगदान दिएका गौतमका रितेश कुमार सर्राफ म्यान अफ द म्याच घोषित भए । मंगलबार पनि प्रि क्वाटर फाईनल चरणका तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

मंगलबार ज्ञानदा एकेडेमी र एमईएस स्कूल, मुनलाईट र हिमालयन पिरामिड तथा लिटल एन्जल्स मावि र ज्ञानज्योति मावि बीच खेलहरु हुने प्रवक्ता संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ ९,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद