एजेन्सी ,मुम्बई,२५चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को नवप्रवेशी लखनउ सुपर जायन्ट्सले बिहीबार लगातार तेस्रो जितका लागि दिल्ली क्यापिटल्सलाई छ विकेटले हराएको छ । यो नतिजासँगै अंक तालिकको दोस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।जितका लागि १ सय ५० रन पछ्याइरहेको लखनउले १९.४ ओभरमा चार विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उसका लागि दक्षिण अफ्रिकी ब्याटर क्विन्टन डे ककले सर्वाधिक ८० रन बनाए ।उनले ५२ बलको सामना गरेर नौ चौका र दुई छक्का प्रहार गरे ।त्यस अगाडि दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ रन बनाए । लखनउका लगभग सबै बलरले कसिलो प्रदर्शन गरेपछि दिल्लीले खुलेर रन बनाउन सकेको थिएन ।
आफ्नो प्रतिक्रिया दिनुहोस