Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल प्रो क्लब च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल आर्मीको विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज ।नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५९ रनको झिनो लक्ष्य दिएको छ । वीरगञ्जमा जारी उक्त प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले १८।४ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो ।
पुलिस क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर दिलीप नाथ एक रनमै पेभेलियन फर्किए भने अर्का ओपनर शंकर राणाले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि ६ रनमै आउट भए ।
कप्तान आरिफ शेख तीन रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले भने ११ रन बनाए । शेर मल्ल चार र सुनिल धमला दुई रनमा आउट भए । रासिद खान शून्य रनमै पेभेलियन फर्किए । नवौँ नम्बरका ब्याट्सम्यान करण केसीले टोलीका लागि सर्वाधिक १५ रन बनाए । सागर ढकाल एक रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।
त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चार रन खर्चिए । बसिर अहमदले पनि दुई विकेट लिए । सोमपाल कामी, अविनाष कर्ण र कुशल मल्लले एक–एक विकेट हात पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० पुष ५,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद