Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

इंग्ल्यान्डका स्टोक्सले २०२४ को आइपिएल नखेल्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इंग्ल्यान्डका अलराउन्डर वेन स्टोक्सले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । उनी आबद्ध चेन्नई सुपर किंग्सले स्टोक्स यसपटक सहभागी नहुने जनाएको छ । फिटनेसको समस्याका कारण उनले आइपिएलमा सहभागिता नजनाउने चेन्नईले जनाएको छ ।

गत वर्षको आइपिएलमा चेन्नईले उनलाई १६ करोड २५ लाख भारुमा किनेको थियो । गत सिजनमा उनले दुई खेलमा मात्र सहभागिता जनाएका थिए । धेरैजसो समय फिटनेसमा समस्या भएपछि स्टोक्स आइपिएल छाडेर घर फर्किएका थिए ।

यता इंग्ल्यान्डले भारतविरुद्धका आसन्न टेस्ट सिरिजका लागि खेलाडीलाई केन्द्रित हुन निर्देशन दिएको छ । इंग्ल्यान्डका टेस्ट कप्तान तथा अलराउन्डरसमेत रहेका स्टोक्सले पाँच टेस्ट सिरिजमा केन्द्रित हुन आवश्यक भएको बताएका छन् । सन् २०२४ को जनवरीमा भारत र इंग्ल्यान्डबीच पाँच खेलको टेस्ट सिरिज हुनेछ ।

गत सिजन आइपिएलमा १५ रन मात्र

सन् २०२३ को आइपिएल सिजनमा चेन्नईले स्टोक्सलाई महँगो रकममा खर्चिंदै भित्र्याएको थियो । चेन्नईले अलराउन्डर पक्ष बलियो बनाउन उनलाई भित्र्याएको थियो । त्यसवेला उनी उत्कृष्ट फर्ममा थिए । तर, आइपिएल सुरु हुँदा उनी चोटग्रस्त भए । यसको प्रभाव आइपिएलको खेलमा देखियो । उनले केवल दुई खेल मात्र खेले । समग्रमा उनले १५ रन मात्र जोडे ।  सभार : नयाँ पत्रिका 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अनुशासन र कडा मेहनतले सबैथोक सम्भव हुन्छ – सांसद रहबर अन्सारी
खेलकुद

अनुशासन र कडा मेहनतले सबैथोक सम्भव हुन्छ – सांसद रहबर अन्सारी

प्रकाशित : २०८० मंसिर ९,शनिबार
गोपाल प्रसाद खेतान आदर्शनगर रंगशालाका संयोजकमा नियुक्त रंगशालाको संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनको जिम्मेवारी
खेलकुद

गोपाल प्रसाद खेतान आदर्शनगर रंगशालाका संयोजकमा नियुक्त रंगशालाको संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनको जिम्मेवारी

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद