वीरगञ्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आइतवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।
नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए ।
उनका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरेको हो । यस्तै आगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी २ महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।
बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा कि उपाध्यक्ष सुष्मा शर्मा , सचिव श्याम कुशवाहा, कोषाध्यक्ष सन्तोष पटेल, सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता रहेको थियो ।