वीरगञ्ज । युनिटी युथ क्लबले पर्सा जिल्लाका फुटबल खेलाडी र क्लबका खेलाडीलाई सम्मान गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित एस बाबा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच जिल्लाका ६५ जना फुटबल खेलाडीलाई खादा र पोशाकद्वारा सम्मानित गरिएको हो ।
युनिटी क्लबका अध्यक्ष हेमन्त चौरसियाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजराले सम्मानले खेलाडीको मनोबल बढ्ने बताए ।
खेल क्षेत्रमा पनि भविष्य सुनिश्चित रहेको हुँदा लगावका साथ निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । साथै पर्सा जिल्लामा पनि खेलकुदको अथाह सम्भावना भएको हजराको भनाई छ । पर्सा जिल्ला आफ्नो गृह जिल्ला भएको हुँदा यहाँका खेलाडीलाई बढी प्राथमिकताका साथ हेर्ने पनि राखेप सदस्य हजराले आश्वासन दिएका छन् ।
त्यस्तै बरिष्ठ प्रशिक्षक हरिबहादुर श्रेष्ठले पहिलो पटक क्लबले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमको सह्राना गरे । साथै आगामी दिनमा पनि युनिटी क्लब जस्तै अरु संघ संस्थाले पनि खेलाडीहरुलाई सम्मान गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा फुटबलका बरिष्ठ प्रशिक्षक हरिबहादुर श्रेष्ठ, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार लगायत संघका प्रतिनिधीहरुण् दिपक साह, पंकज श्रेष्ठ, राजेश पटेल, नगनारायण महतो, अरुण महतो, सत्येन्द्र चौरसिया लगायतको उपस्थिती रहेको थियो ।
सम्मान कार्यक्रमको सहजीकरण एथ्लेटिक्स पर्साका प्रशिक्षक विशेश्वर पटेलले गरेका थिए ।