Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

युनिटी युथ क्लबद्वारा आयोजित कार्यक्रममा ६५ जना फुटबल खेलाडी सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । युनिटी युथ क्लबले पर्सा जिल्लाका फुटबल खेलाडी र क्लबका खेलाडीलाई सम्मान गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित एस बाबा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच जिल्लाका ६५ जना फुटबल खेलाडीलाई खादा र पोशाकद्वारा सम्मानित गरिएको हो ।

युनिटी क्लबका अध्यक्ष हेमन्त चौरसियाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजराले सम्मानले खेलाडीको मनोबल बढ्ने बताए ।

खेल क्षेत्रमा पनि भविष्य सुनिश्चित रहेको हुँदा लगावका साथ निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । साथै पर्सा जिल्लामा पनि खेलकुदको अथाह सम्भावना भएको हजराको भनाई छ । पर्सा जिल्ला आफ्नो गृह जिल्ला भएको हुँदा यहाँका खेलाडीलाई बढी प्राथमिकताका साथ हेर्ने पनि राखेप सदस्य हजराले आश्वासन दिएका छन् ।

त्यस्तै बरिष्ठ प्रशिक्षक हरिबहादुर श्रेष्ठले पहिलो पटक क्लबले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमको सह्राना गरे । साथै आगामी दिनमा पनि युनिटी क्लब जस्तै अरु संघ संस्थाले पनि खेलाडीहरुलाई सम्मान गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा फुटबलका बरिष्ठ प्रशिक्षक हरिबहादुर श्रेष्ठ, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार लगायत संघका प्रतिनिधीहरुण् दिपक साह, पंकज श्रेष्ठ, राजेश पटेल, नगनारायण महतो, अरुण महतो, सत्येन्द्र चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

सम्मान कार्यक्रमको सहजीकरण एथ्लेटिक्स पर्साका प्रशिक्षक विशेश्वर पटेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० असार २३,शनिबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद