काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४.३७, डिजेलमा ४.१६, मट्टितेल ३.४८, हवाई इन्धनमा २.९५ र ग्यासमा ३०९.५१ रुपैयाँ घटेर आएको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले अरूमा नाफा भए पनि एलपीजी ग्यासमा अझै २१८ रुपैयाँ घाटा भएको बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस