रुसी हवाई आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी मारिएका छन्।
युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक नागरिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो। हवाई आक्रमणमा भवनहरु भत्किएका छन्।
भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको बताइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस