Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भियना, ९ चैत (रासस÷एएफपी) ः संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत् गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ ।
युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र पोखरीलाई चिसो पार्न पानी प्रवाह गर्ने पम्पहरू सञ्चालन गर्न भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ ।
आणविक ऊर्जा केन्द्रका प्रमुख राफेल ग्रोसीका अनुसार मार्च ९ मा रूसी आक्रमणपछि यो प्लान्ट एकल ‘ब्याकअप पावर लाइन’मा निर्भर छ ।
“युक्रेनको जापोरिजिया विद्युत् गृह अनिश्चित अवस्थामा छ,” ग्रोसीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“प्लान्टको ग्रिडमा पहुँचको कमी र यसको अन्तिम आपतकालीन विद्युतीय लाइनमा आवश्यक मर्मत कार्यले बिजुलीको पूर्णहानि हुन सक्छ, जसले गर्दा रूसले एक वर्ष पहिले यसलाई कब्जा गरेदेखि सातौँ पटक डिजेल जेनेरेटरमा निर्भर हुन सक्छ,” ग्रोसीले भन्नुभयो ।
उहाँले भन्नुभयो, “म फेरि एक पटक प्लान्टमा आणविक सुरक्षा र सुरक्षा सुरक्षित गर्न सबै पक्षबाट प्रतिबद्धताका लागि आह्वान गर्दछु ।”
युक्रेनी आणविक ऊर्जा एजेन्सी एनरगोएटमका अनुसार प्लान्टको सुरक्षा प्रणालीलाई शक्ति प्रदान गर्न आपतकालीन डिजेल जेनेरेटरहरू सक्रिय गरिएको थियो । यसले दुर्घटनाको जोखिमको चेतावनी दिएको छ ।
यी जेनेरेटरहरूबाट उत्पादित बिजुली बिना, रिएक्टर इन्धनको अत्यधिक तातोले आणविक दुर्घटना निम्त्याउन सक्छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जापानका प्रधानमन्त्री फुमियो किशिदासँग प्लान्टको अवस्थाबारे छलफल भएको बताउनुभएको छ । जेलेन्स्कीले मङ्गलबार पत्रकारसँग भन्नुभएको थियो, “हामीले हाम्रो आणविक प्लान्टको कब्जा हटाउनका लागि थप प्रभावकारी संयन्त्र कसरी पत्ता लगाउने भन्ने विषयमा छलफल गर्यौँ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद