मुम्बई । चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अनुपमले लेखे, ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन।’ यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुनेछ। बिहीबार बिहान ५ः३० बजे निधन भएपछि उनलाई अस्पताल ल्याइएको थियो । हाल उनको शव अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टमपछि उनको शव मुम्बई लगिनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस