अन्तर्राष्ट्रिय। टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातापछि सोमबार गएको अर्को शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पकाे धक्का सिरिया र टर्कीका कैयाैँ क्षेत्रमा महसुस गरिएकाे थियाे ।
यो भूकम्पपछि दर्जनौँ पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । सरकारले मानिसहरूलाई भवनभन्दा टाढा रहन अपिल गरेकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस