Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कायरो, १८ मङ्सिर (रासस÷एपी) । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ ।

सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो । अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए ।

इरान र इजराल क्षेत्रीय दुश्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ । तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन उसले इजरायल विरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गर्दै आएको छ ।

मृत्युदण्ड दिइएका तथा लामो काराबासको सजाय पाएका मोसादका सदस्यले निजी तथा सार्वजनिक सम्पत्ति चोरेर नष्ट गरेका, व्यक्ति अपहरण गरेका, उनीहरूबाट हातहतियारसमेत बरामद गरिएको, तलबभत्ता किप्टो करेन्सीमा लिने गरेका इरानी अधिकारीहरूले बताए पनि कथित अपराधको कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । मृत्युदण्ड दिइएकाहरूको नाम सार्वज्निक गरे पनि लामो काराबासको सजाय तोकिएका तीन जनाको परिचय पनि खुलाइएको छैन ।

इरानको रिभोलुस्नरी अदालतले नियमित रुपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ । इरानको शासन व्यवस्थाको विरोध गर्नेहरूको जीवन लुछिन्छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले तीन सय १४ जनालाई मृत्युदण्ड दिएको थियो । उक्त सङ्ख्या पोहोर खाडी राष्ट्रमा दिइएका मृत्युदण्डभन्दा आधाले अधिक हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद